
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच सरकार विस्तार र संविधान संशोधनबारे छलफल पुनः बस्ने गरी सकिएको छ ।
बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए । आइतबार संघीय सांसदहरूले शपथ लिने कार्यक्रम छ ।
स्रोतका अनुसार यादवले ३ मन्त्रालय लिने तयारी गरेका छन् । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफलका लागि भएको बैठक आजै शपथपछि तीनै नेताहरू पुनः बसेर टुंग्याने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजै संघीय सांसदहरुको सपथ समेत भएकाले क्याविनेट विस्तार गर्न समय नपुगे सोमबारलाई राखिने तयारी भएको बालुवाटार श्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्