×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग प्रदान

Artha Sarokar

४ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई आर्थिक सहयोग गरेको छ । बैंकले एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको “साथ”नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई १ लाखको आर्थिक सहयोग उपलब्ध गराएको हो ।
हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा १ लाख रुपैयाँको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरिएको छ ।
हकुना माटाटा परियोजनाले काठमाडौंमा ३० र पोखरामा १० गरी ४० जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक कार्कीले जानकारी दिइन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी