
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – वैशाख ७ गते सिटिजन लाइफ इन्सुरेन्सको साधारण सभा हुने भएको छ । सभामा इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने प्रस्ताव लैजाने भएको । यसै वर्ष सञ्चालनमा आएको सिटिजन लाइफले कम्पनीले सर्वसाधारणमा कम्तिमा ३० प्रतिशत आइपीओ बिक्री गर्नुपर्ने हुन्छ । कम्पनीले ७५ करोड रुपैयाँको आइपीओ निष्कान गर्न लागेको हो ।
जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको छ । सिटिजनले सभामा लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि लैजानेछ । सभा दिउँसो १ बजे शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा सुरु हुनेछ ।
आर्थिक वर्ष २०६३–६४ देखि २०७३–७४ सम्मको वासलात, नाफा नोक्सान हिसाब सहितका विवरण पनि साधारण सभाका एजेन्डा हुनेछन् । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्