×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतबाट पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेतबाट पनि

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वल्र्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । 
अल अन्सारी एक्स्चेन्जको ९ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ । 
अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउदै बिगत ११ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ५५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी