
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिभिल बैंकले लिलामीमा बेच्न राखेको ३२ लाख ४४ हजार ६००.२५ कित्ता संस्थापक सेयरमध्ये जम्मा १ लाख २३ हजार कित्तामा मात्र आवेदन परेको छ । संस्थापकले नकिनेपछि बैंकले अब सर्वसाधारणले पनि किन्न पाउने गरी पुनः ३१ लाख २१ हजार ६००.२५ कित्ता सेयर लिलामीबाटै बेच्ने प्रक्रिया अघि बढाउने भएको छ ।
अब यो लिलामीमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले आवेदन दिन सक्ने गरी चैत १४ गतेदेखि बिक्री खुला गरिनेछ । चैत २१ गतेसम्म लिलामी भर्न पाइनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र चैत २२ गते सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्