×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको सेयर लिलामी खुल्दै, यी हुन् लिलामी भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल बैंकको सेयर लिलामी खुल्दै, यी हुन् लिलामी भर्ने ठाउँ

Artha Sarokar

२१ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २३ गतेदेखि सिभिल बैंकको ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । बैंकले संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी चैत १ गतेसम्म आवेदन दिनुपर्नेछ । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी