×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिलले संस्थापक सेयर बुधबारदेखि लिलामीमा ल्याउदै, कस-कसले भर्न पाइने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिलले संस्थापक सेयर बुधबारदेखि लिलामीमा ल्याउदै, कस-कसले भर्न पाइने ?

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १४ गतेदेखि सिभिल बैंकले संस्थापक सेयरको ३१ लाख २१ हजार ६००.२५ कित्ता  लिलामीमा बिक्री खुला गर्दैछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामी बोलपत्र चैत २२ गते सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ ।
अब यसमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । चैत २१ गतेसम्म आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । हाल सिभिलको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । हकप्रद र लिलामी समेत बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी