×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइड पि५० प्लस सबैभन्दा सस्तो ५ इन्चको ४ जि फोन नेपालमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइड पि५० प्लस सबैभन्दा सस्तो ५ इन्चको ४ जि फोन नेपालमा

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कलर्स मोबाइलले आफ्नो प्राइड सिरिज अन्तर्गत एक नयाँ फोन प्राइड पि ५० प्लस बजारमा प्रस्तुत गरेको छ । जुन फोन अत्यन्त उच्च माग भएको ४ जि प्रविधिमा आधारित छ र यो शुरुवाती स्तरको सस्तो फोन बनेको छ । यो त्यतिमा मात्र सीमित छैन, यसमा ५ इन्चको स्क्रिन, २.५डि बक्र सिसा, अद्भूत–प्रभावकारी २२०० एमएएच ब्याट्री, दोहोरो सिम (३जि र ४जि) दुवैलाई उपयुक्त, ५ मेगापिक्सल र २ मेगापिक्सल क्षमताका क्रमशः पछाडी र अगाडी क्यामरा भएको र ४ जि समेत रहेका छन्, यी सबै सुविधा जडित फोनको बजार मुल्य भनें अपत्यारिलो लाग्न सक्छ, मात्र रु.६,९९५÷ । अर्को शब्दमा भन्ने हो भनें बजेटभित्र आउने यो एकमात्र सम्पूर्ण फोन हो ।
यो फोनको निर्माण नै तीव्र गतिको इन्टरनेटको सुविधा उपभोग गर्न चाहने प्रयोगकर्ताहरुलाई केन्द्रित गरेर गरिएको छ । यसले बजेट अर्थात् सस्तो दरका फोनहरुमा इन्टरनेटको गति सुस्त हुन्छ भन्ने धारणाको अन्त्य गरिदिएको छ । यसमा रहेको ४ जिका साथ प्रयोगकर्ताहरु एक अर्कासँग सम्पर्क राख्न, आदानप्रदान गर्न र सूचना प्रवाह गर्न सक्षम हुनेछन् ।
टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक श्री सञ्जय अग्रवालका अनुसार “बजारबाट प्राप्त अध्ययनको निष्कर्ष मुताबिक मोबाइल फोनहरुमा तीव्र क्षमताका इन्टरनेट चलाउन मिल्ने गुण हुनु अनिवार्य छ । तीव्र गतिको इन्टरनेटको सार्थकतालाई बढाइरहनु पर्ने आवश्यकता छैन । मानिसहरुमा तीव्र इन्टरनेट सर्फिङको आवश्यकता दिन पर दिन बढ्दै गैरहेको छ । तर के यो बजेट याने कि सस्तो मोलको शुरुवाती फोनमा सम्भव छ त ? हो, यो सम्भव भएको छ र यसप्रकारको मागलाई पूरा गर्न हामीले ल्याएका छौं नयाँ प्राइड पि५० प्लस मोबाइल जसले कम दरकै बजेट मोलमा ४ जि चलाउन सम्भव बनाएको छ । अब प्रयोगकर्ताहरुले ४ जि चलाउनकै लागि उच्च तथा महँगो दरको मोबाइल किनिरहनु पर्ने अवस्था रहेन । हामी चाहन्छौं सबको गोजीमा ४ जि फोन अटावोस् । यसैले नै हामीले बजारमा नारा नै राखेका छौं – गोजी गोजीमा ४ जि ।”
विश्वमा ख्याति कमाएका प्रसिद्ध मोबाइल ब्राण्डहरुसँग दाँजिन मिल्ने विशेषताहरु भएका मोबाइलहरु उपभोक्ताहरुमाझ कलर्स मोबाइलले तुलनात्मक रुपमा अत्यन्त सुलभ मोलमा उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताहरुको अनुभवमा सामान्य आवश्यकतादेखि लिएर अत्याधुनिक स्तरका प्रविधियुक्त (२जि,३जि र ४ जि) आवश्यकताहरु पूरा गर्ने विभिन्न कलर्स मोबाइलहरुले मोबाइल उद्योगमा नवीन प्रचलनलाई कायमै राखेको छ । कलर्स मोबाइलका हाल नेपालमा २० लाखभन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी