Skip to content
LAXMI SUNRISE BANK

नेपाल कम्युनिटीको १६औं शाखा प्रतापपुरको बेलाटारीमा

अर्थ सरोकार

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले प्रतापपुर गाउंपालिका वडा नं. ९ बेलाटारीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको यो १६औं शाखा हो । शाखाको प्रतापपुर गाउंपालीकाका अध्यक्ष राज कुमार शर्माले एक समारोहका बिच समुद्घाटन गरे । 
सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले बेलाटारीमा कम्युनिटी बैंकको शाखा स्थापनाले प्रतापुर गाउंपालीका क्षेत्रका वासिन्दाहरुको लागि बैंकिङ्ग तथा वित्तीय सेवा सहज र सरल हुने धारणा राखे । 
बैंक सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेको सभापतित्व, प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालको स्वागत मन्तब्य तथा नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको संचालनमा सम्पन्न उक्त समारोहमा बैंकका सञ्चालक हिरामणी अर्याल, त्रिभुवन बहुमुखी क्याम्पस, बेलाटारीका सञ्चालक ताराशिंह थापा र उंखु व्यवसायी संघ नवलपरासी जिल्ला अध्यक्ष उमेश चन्द यादवले शुभकामना मन्तव्य राखेका थिए । 
वुटवल उपमहानगरपालीकाको कालिकानगरमा नयां शाखा सिघ्र संचालन हुन गैरहेको र उक्त शाखाको सञ्चालन पच्क्षात् बैंकको शाखा संख्या १७ पुग्ने बैंकले जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK