
अर्घाखाँची – नेकपा एमाले र माओवादी केन्द्रबाट परित्याग गरी ३५ जना नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले युवा नेता लक्ष्मण आचार्यको नेतृत्वमा एमाले र माओवादी परित्याग गरि ३५ जना प्रवेश गरेका हुन् । ता तथा आचार्य जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत हुन् ।
नेपाली काँग्रेस अर्घाखाँचीले अाइतबार डिभर्नाको जोगीमारेमा आयोजना गरेको कार्यक्रममा एमाले र माके नेता–कार्यकर्ताहरुले आफूहरुलाई भन्दा पैसावालहरुलाई विश्वास गरेको, चुनावमा जनताको मतभन्दापनि पैसाको भर पर्ने गरेको आरोप लगाएका थिए ।
नव प्रवेशीहरुलाई जिल्ला सभापति बिष्णु मुस्कान र पुर्व पाटी सभापति कमल प्रसाद भुसालले पाटीको साधारण सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका पुर्वजिल्ला सभापति कमल प्रसाद भुसालले नगरपालिकालाई देशकै नमूना बनाउने गरि काम भइरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव बिष्णु प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर, पुर्व जिल्ला उपसभापति ईन्द्रबहादुर क्षेत्री, जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद खनाल, मणिराम परियार, सीता भुसाल, तरुण दलका जिल्ला अध्यक्ष तथा १२ नम्बर वडाको वडा अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेस १२ का सभापति लिलाधर बस्याल, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् प्रेमनारायण आचार्य, पाटी प्रबेश गर्ने हरुको तर्फबाट लक्ष्मण आचार्य, ज्येष्ठ सदस्य टेकबहादुर भुसाललगायतले मन्तव्य राखेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्