
काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाको कानमा हास्य कलाकार दीपराज गिरीले एउटा मन्त्र फुकेका रहेछन् ।
अब नेपाली कांग्रेसको साख कसरी फर्काउने ? भनेर गगनले सोध्दा दीपकले भनेछन्, ‘आजभोलिमा केपी ओलीसँग भेट हुने सम्भावना छ । त्यसबेला म भन्छु, तपाईहरुले बेला बेलामा नेपाली कांग्रेस पार्टी अहिले पनि छ त्यसको सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ भनेर भाषण गरिदिनुपर्यो ।’
गगनले सोधे, ‘यसो गरे के हुन्छ ?’
दीपकले भने, ‘जनतामा अहिले कांग्रेस नै छैन, सक्किइसक्यो भन्ने परेको छ । एमालेकै नेताले कांग्रेस पार्टी अझै पनि छ है भनेर पाँच वर्षसम्म भनिदिए कांग्रेसका भोटरले पनि पत्याउने भए । कम्तिमा कांग्रेस छ भन्दा मात्रै मतदाता सुरक्षित हुन्छन् ।’
केही दिनअघि पुरानो बानेश्वरको अनुपम फुडल्याण्डमा एक कांग्रेस कार्यकताको विवाहभोजमा गगन, गुरु घिमिरे, उर्मिला थपलियासहित नेविसंघ पृष्ठभूमिका एक हुन नेता दिपकराज गिरीको सुझाव सुनेर पेट मिचिमिचि हाँसेका रहेछन् ।
उर्मिलाले भनिन्, ‘कांग्रेस छ भनिदिए त राम्रै हो तर शेरबहादुर नै सभापति छन् भनेपछि दिनेले पनि भोट नदेलान् नि !’ – जनआस्था साप्ताहिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्