×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकासको ४०% हकप्रद आउँदै, यस्ता छन् भर्ने ठाउँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देवः विकासको ४०% हकप्रद आउँदै, यस्ता छन् भर्ने ठाउँ

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत २६ गतेदेखि देवः विकास बैंकले ४०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद वैशाख ३० गते तोकिएको छ । हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८.१० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । 
यसमा हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटल मार्केटले गर्दैछ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं, यसका लगनखेल तथा पोखरा शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । यसैगरी, देव विकास बैंकको अधिकांश शाखा कार्यालयबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी