
काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहको निधनको शोकमा सोमबारको लागि तय गरिएका सबै इजलासहरु स्थगित गरिएका छन्,२०५८ देखि २०६३ सम्म सर्वोच्चमा न्यायाधीश सिंहको आइतबार निधन भएको थियो ।
सोमबार न्यायाधीशहरुको फुलकोर्टको बैठक बस्दै इजलाश स्थगित भएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए। यसअघि पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधन हुँदा अदालत एक दिनका लागि बिदा दिइएको थियो।
सोमबार तोकिएका सबै पेशी मंगलबार सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। आज राष्ट्रियसभाका तीन सदस्य र कान्तिपुरविरुद्धको मुद्दा सुनुवाइको तयारी भइरहेको थियो। उक्त मुद्दा अर्को दिनका लागि पेशी तोकिनेछ। बयानका लागि कान्तिपुरको टोली बिहान १० बजे नै सर्वोच्च पुगिसकेको थियो। इजलास स्थगितले गर्दा राष्ट्रियसभाका ३ सांसदहरु अर्थमन्त्री डा युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौड्यालको इजलास सकाएर शपथ लिई सोमबार ४ बजे तोकिएको पहिलो संघीय संसद बैठकमा उपस्थित हुने चाहनामा ब्रेक लागेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्