×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको एटिएम कार्डसहित ३ जना ड्रग्स कारोबारी प्रहरीको नियन्त्रणमा ! (तस्विरसहित)

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको एटिएम कार्डसहित ३ जना ड्रग्स कारोबारी प्रहरीको नियन्त्रणमा ! (तस्विरसहित)

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- हाल सम्मकै सबैभन्दा बढी अबैध लागु औषध ‘अफिम’ सहित ३ नेपाली नागरिक पक्राउ परेका छन् ।मिति २०७४-१२-०५गते लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् । आज पत्रकार सम्मेलन गर्दै व्यूरोले यस्तो जानकारी दिएको हो । ब्यूरोको प्रधान कार्यालय कोटेश्वरमा आयोजित उक्त पत्रकार सम्मेलनमा अवैध लागुऔषधसहित उनीहरुलाई सार्वजनिक गरिएको हो ।
सोमबार अवैध लागु औसधसहित समातिएका जिल्ला मकवानपुर बकैया गाउंपालिका वडा नं-६ ज्यामिरे घर भएका बर्ष २९ को सोम बहादुर तितुङको साथबाट लागु औषध अफिम २ के.जि र  मकवानपुरगढी गाउँपालिका वडा नं १ रानीशेरा घर भएका बर्ष ३० को बज्र बहादुर भोम्जनको साथबाटलागु औषध अफिम १ केजि मकवानपुरगढी गाउँपालिका वडा नं ३ शिखरकटेरी  घर भएका बर्ष २६ को प्रेम बहादुर थिङको साथबाट लागु औषध अफिम १ केजि गरी जम्मा ४ किलो लागु औषध ‘अफिम’ सहित जिल्ला काठमाण्डौ दक्षिणकाली नपा वडा नं ५ त्रिभूवन आदर्श माबि अगाडीबाट  नीजहरु पक्राउ परेका छन् । उनीहरुको साथबाट २० हजार नगद र दुइ आइएमइ कार्डसमेत बरामद भएका छन् । उनीहरुसँगै राष्ट्रिय वाणिज्य बैंकको एटिएम समेत बरामद भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: