
देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले काभ्रेको बनेपामा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।
बनेपा शाखाको समुद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, काठमाण्डौ विश्वबिद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्