×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले महिला दिवस मनायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एभरेष्ट बैंकले महिला दिवस मनायो

Artha Sarokar

२४ फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ ।
बैंकले उक्त कार्यक्रम नर्भिक अस्पतालसँगको सहकार्यमा संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा २०० जना मानिसले बिभिन्न बिषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका रोग बिषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए ।
अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा) गर्नु भएको थियो । उहाँले कार्यक्रमा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो । 
बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी