
काठमाडौँ – संघीय समाजवादी फोरम नेपाल केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । दुई पार्टीबीच विभिन्न चरणमा भएका छलफलपछि फोरमका २ मन्त्रालय लिएर सरकारमा जान सहमत भएको हो ।
बालुवाटार स्रोतका अनुसार फोरमका मन्त्रीसहित चैत १ गते मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ । फोरम सरकारमा आउने भएपछि एमाले र माओवादी केन्द्र थप मन्त्री सपथ हुन सकेको थिएन । फोरमले १ जना राज्यमन्त्री पनि मागेको छ ।
फोरमले पाउने मन्त्रालयको टुंगो भइसकेको छैन । फोरमले आफूलाई दुबै विकास सम्बन्धी मन्त्रालयको माग गरिरहेको छ । उसले भौतिक परियोजना र उर्जामध्ये एउटा, सहरी विकास र कृषिमध्ये एउटा मन्त्रालय मागेको छ ।
फोरमले यसअघि नै ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । आज प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्न पार्टी बैठक बस्दै छ ।
अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा सहभागी हुनेबारे भने टुंगो भइसकेको छैन । राजपा सरकारमा जान इच्छुक छ र प्रधानमन्त्री ओली पनि मिलेसम्म सो पार्टीलाई सरकारमा ल्याउने पक्षमा छन् । तर माओवादी र एमालेभित्रै राजपालाई सरकारमा ल्याउनु हुन्न भन्ने मत ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्