
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पनि आइतबा ११ बजेबाट सुरु भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा सुरु भएको हो । फरवार्डले गत वर्षको कमाईबाट ५०% बोनस सेयर र साथमा १५% नगद लाभांश दिने विशेष प्रस्ताव सभामा पेश गरेको छ । फरवार्डले बोनसका लागि १० करोड रुपैयाँ र नगद लाभांशका लागि ३ करोड रुपैयाँ खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७३।७४ को वार्षिक प्रतिवेदन र सोही अवधिको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । यता, बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । यसका लागि सम्पूर्ण अधिकार सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पेश हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्