
गरिमा विकास बैंकको सहयोगमा लाजिम्पाटमा सडकको दायाँबायाँ वृक्षारोपण गरिएको छ । बैंकको सहयोगमा काठमाडौं महानगरपालिका वडा नम्बर २ ले शनिबार लाजिम्पाटका सडक दायाँबायाँ वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सामाजिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै सामाजिक क्रियाकलापहरुमा विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आईरहेको छ ।
बैंकले आफ्नो केन्द्रिय कार्यालय पोखराबाट काठमाण्डौंमा स्थानान्तरण गरे लगत्तै “आफ्नो टोल आफै सफा गरौ”भन्ने नाराका साथ लाजिम्पाटको होटल एम्वेस्डरदेखि पानीपोखरी सम्मको सडक सरसफाई कार्यक्रम सम्पन्नगर्नुका साथै ११ औं बार्षिकोत्सवको अवसरमा काठमाण्डौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरु, लगायत चितवन, तनहुं, स्याङ्जा, म्याग्दीका विभिन्न आश्रमहरुका बस्ने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
यस विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै समाजिक उत्तरदायित्व अन्र्तगत वातावरण संरक्षणसंग सम्बन्धित क्रियाकलापहरुलाई प्राथमिकता दिदै छ । काठमाण्डौ विषेश गरेर मेलम्चिको पाईप राख्ने क्रममा लगभग ९५० कि.मी वाटो खनी यस्त्र तत्र धूलो भएका कारण महानगरवासी लगायत संसारवाट आउने पर्यटकहरु यसको शिकार भएका कारण हामी सवै संघ सस्था तथा व्यक्तिहरु यस महानगरको हरियाली तथा सरसफाईमा केही लगानी गरेर समाजिक उत्तरदायित्व अन्र्तगत गरिने खर्च अति उपयोगि र अति आवश्यक रहेको वैंकको वूझाई छ ।
गरिमाविकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीयकार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ कामोरङ्ग, झापा र सुनसरीमागरि १० वटा शाखाकार्यालय स्थापनागर्दै छ । विकास बैंकले हालकरिब १८ अर्ब २० करोेड निक्षेप संकलनगरि १६ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्