‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । गोली प्रहार कसले गर्यो भन्ने खुलेको छैन ।उनको अवस्था गम्भीर भएको बुझिएको छ ।
प्रहरीले यसबारे कुनै जानकारी दिएको छैन । यद्यपी चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तर स्थानीयले भने उनीमाथि गोलीप्रहार भएको बताएका छन् । घटना केहि समय अघि मात्र भएको बुझिएको छ ।
स्थानीयले दिएको जानकारी अनुसार एक समूहले उनीमाथि गोली र खुकुरीसमेत बर्षाएको थियो । सोही नगरपालिका निवासी रोमा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो । सोमबार ८ः३० तिर मेयर चौधरीमाथि गोली प्रहारी भएको बताइएको छ । मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्