Skip to content
LAXMI SUNRISE BANK

रामेछापको बेतालीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

अर्थ सरोकार

काठमाडौं – ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकल ७९ औं शाखारहित सेवाको रुपमा उक्त ठाउँमा मंगलबारबाट नयाँ शाखाको स्थापना गरेको हो । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
यसका साथै बैंकले मंगलबार नै रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं. ४, बेतालीमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले ग्लोबल आइएमई बैंक लि. ले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK