
काठमाडौँ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई चारैतिरबाट आक्रमण भएको बताएका छन् ।
बिहिबार पदबाट राजीनामा दिएसँगै उनले आफू सहजै रुपमा निकास दिने पक्षमा भए पनि आफूमाथि चारैतिरबाट आक्रमण भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म सहजै निकास दिने पक्षमा थिएँ, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’
उनले विश्वमा कहिँ नभएको प्रचलनमार्फत न्यायपरिषदले आफ्नो पद हाइज्याक गरेको समेत दाबी गरे । एउटा सचिवले प्रधाननयायधीबारे निर्णय गर्नुले यसको राम्रो नजिर नबस्ने उनको दाबी थियो ।
न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।
यद्यपी पराजुलीले बिहीबार विहानसम्म आफुू पदमुक्त नभएको भन्दै आफू कार्यालय गएर काम गर्ने बताएका थिए । तर, बिहीबार कायम मुकायम प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतको पेशी सुची समेत तोकेपछि पराजुलीले आफ्नो कार्यक्षेत्र र अधिकारमा हस्तक्षेप र हाइज्याक भएको प्रतिकृया दिएका थिए ।
राजीनामा दिने कि के गर्ने भन्नेमा अन्योलता रहेको बेला उनले राजीनामाकै बाटो राजेका हुन् । पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् । यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा ओली र प्रचण्डले राजीनामा दिन सुझाएको स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्