
सुर्खेत – नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै अाएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनु पर्ने अवस्था सिर्जना भएको छ ।
सुर्खेतमा पनि त्यस्तै घटना घटेको छ । एसईई दिन डेरमा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको हत्या ट्राफिक प्रहरीले यौन सम्बन्ध राख्न नदिएकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला र पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिएर यौन सम्बन्ध राख्ने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले हत्याराहरुको बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्