
काठमाडौँ – गृह मन्त्रालयले सार्वजनिक विदाको दिन अनुमति लिएर मात्र सरकारी गाडी चलाउन पाउने बताएको छ ।
सोमबार विज्ञप्ति जारी गरी मन्त्रालयले सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको हो ।
विदाको दिन सरकारी गाडी चलाउनुपरेमा प्रयोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
‘सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोगमा ल्याउनुपर्ने भएमा स्पष्ट प्रयोजन, प्रयोग गर्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर खुलाइएको एवं सवारी पास उपलब्ध गराउने अधिकार प्राप्त निकाय तथा पदा पदाधिकारीको स्वीकृति लिई मात्र प्रयोग गर्नुहुन सबै सरकारी निकायहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा सरकारी गाडीमा रातो नम्बर प्लेट (निजी गाडीको जस्तो) राखिएको भए तत्काल सरकारी नम्बर प्लेट नै राख्न पनि आग्रह गरिएको छ ।
विगतमा सकारात्मक उद्देश्यका साथ अति आवश्यक कामका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएको भए पनि अहिले यसको दुरुपयोग भएको भन्दै मन्त्रालयले यस्ता गाडीमा सरकारी नम्बर प्लेट नै राख्न आग्रह गरेको छ ।
सवारी साधन दुरुपयोगको जानकारी गराउन टेलिफोन नम्बर सार्वजनिक गर्दै गृहले दुरुपयोग रोक्ने अभियानमा साथ दिन पनि आग्रह गरेको छ । गाडी दुरुपयोग गरेको पाइए ०१ ४२११२१४ र ०१ ४२११२०८ मा टेलिफोनमार्फत उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्