Skip to content
LAXMI SUNRISE BANK

नेपाल बोर्डबाट पास भएका सिएले अव अष्ट्रेलिया र न्यूजिल्याण्डमा पनि मान्यता पाउने, भयो यस्तो सहमति !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट सिए उतिर्णहरुले अव अष्ट्रेलियामा र न्यूजिल्याण्डमा पनि मान्यता पाउने भएका छन् । न्यूजिल्याण्ड र अष्ट्रेलियाको नियामक निकाय सिए एनजेडसँग आइक्यानका उत्पादनलाई मान्यता दिने गरी सहमति भएपछी नेपाली सिएहरुले उक्त दुइ देशमा मान्यता पाउने भएका हुन्। 
बुधबार नेपाल चार्टड एकाउन्टेन्ट्सहरुको साझा संस्था दी इन्सिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपालले अस्ट्रेलिया न्युजिल्यान्डको आधिकारीक चार्टड एकाउटेन्ट्स सीए अस्ट्रेलिया, न्युजिल्यान्ससँग सम्झौता गरेपछि सिएहरुलाई अष्ट्रेलिया र न्यूजिल्याण्डको बाटो खुलेको हो । 
सम्झौता अनुसार फाइनान्सिङ रिर्पोट नामक एक विषयको परिक्षा दिएर नेपालका सिए २ दिनको एसेसमेन्ट टेष्ट दिएपछी अस्ट्रेलियाको सिए संस्थाले नेपाली सिएलाई मान्यता दिनेछ ।  बुधबार सीए अस्ट्रेलिया न्युजिल्यान्डको सिडनीस्थित कार्यालयमा सम्पन्न सम्झौतामा नेपालका चार्टड एकाउन्टेन्ट्सहरुको संस्थाका अध्यक्ष प्रकाशजंग थापा र सीए अस्ट्रेलिया न्युजिल्यान्डका प्रमुख कार्यकारी रिक एलिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो एमआरएपछी अष्ट्रेलियामा बस्ने नेपाली सिएलाई निकै फाइदा पुग्ने देखिएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK