×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिट्यान्स सेवा शुरु

PRIME CA

आइएमई र मुथुत फाइनान्सद्वारा भारत–नेपाल रेमिट्यान्स सेवा शुरु

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले चैत्र १ गतेदेखि भारत–नेपाल रेमिट्यान्स सेवा सुरु गरेका छन् । यस सेवाको प्रारम्भसँगै विभिन्न उद्देश्यले भारतमा रहँदै आएका लाखौँ नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् । 
यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने बताइएको छ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था रहने छन् ।
भारत–नेपाल रेमिट्यान्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर. बिजिमोन र नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । 
नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्गसिर महनिामा रेमिट्यान्स सम्झौता भएको थियो । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले उक्त सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: