
जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा थप दुई शाखा र पाँच शाखारहित बैकिङ्गबाट कारोबार सुरु गरेको छ ।
बैंकले बाराको सिमरौनगढ शाखाबाट चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट चैत्र ५ गते देखि शाखा संचालनमा ल्याएको छ । त्यस्तै, कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ्ग सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।
यससँगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्