×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताको सुरक्षा बचत खाता सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनताको सुरक्षा बचत खाता सञ्चालनमा

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनता बैंक नेपालले आकर्षक बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ सञ्चालनमा ल्याएको छ । चैत ७ गतेदेखि लागु यो बचत योजना सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्यले ल्याएको बैंकको भनाई छ ।
यो खातामा न्युनत्तम १० हजार रुपैयाँ हुनुपर्नेछ । बार्षिक सात प्रतिशत ब्याजदर रहेको यो खातामा हरेक तीनमहिना समाप्तिपछि व्याज भुक्तान हुनेछ । यो निक्षेप योजनामा सहभागि हुने बचतकर्ताको १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिएको छ ।
बचतकर्ता बिरामी भएर अस्पताल भर्ना हुने अवस्थामा समेत एक लाखसम्मको उपचार खर्च र भर्ना नभई उचार गर्दा पाँच हजार खर्चबराबरको बीमा हुनेछ । बैंकमा सबै उमेर समूहका ग्राहकले यो योजनामा सहभागि हुन सक्नेछन् ।
यो योजनामा ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको हो । यस योजनाबाट ग्राहकहरुले निक्षेपमा आकर्षक ब्याज पाउनुका साथै स्वास्थ्य सेवामा हुने आकासिदो खर्चबाट राहत पाउनेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकले एटिएम, एनी बैंक ब्राञ्चिङ सर्भिस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र सी आस्बा लगायतका सुविधा दिइरहेको छ । बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी