
कैलाश विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगरमा आफ्नो ४४ औँ शाखा स्थापना गरी यही फाल्गुन २८ गते सोमबारदेखि कारोवार शुभारम्भ गरेको छ । यस नयाँ शाखासहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
राष्ट्रिय स्तरका विकास बैंक हरुमा सबै भन्दा जेष्ठ यस विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । पौष मसान्तमा रु.१९ अर्व ११ करोड निक्षेप संकलन गरी रु.१७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको यस संस्थाले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाइएको छ ।
यस संस्थाले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो भने नेपाल राष्ट्र बैंकको रजत जयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले होस्ट गरिएको दक्षिण एसियाको छाता संगठन दक्षिण एसियाली लेखा संगठन (साफा) इभेन्ट अवार्डमा वित्तीय क्षेत्र तर्फको दक्षिण एसियाली क्षेत्रको सर्वाधिक उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा सम्मानित गरिएको थियो । वित्तीय कारोवारको २५ वर्ष पार गरिसकेको कैलाश विकास बैंकले आप्mना ग्राहकलाई वित्तीय पहुँच नपुगेका ग्रमिण क्षेत्रमा आफ्ना शाखा संजाल विस्तार गरेर आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधै अग्रणि विकास बैंक रहि रहने रणनिती राखेको बैंकका प्रमुख कार्याकारी अधिकृत श्रेष्ठले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्