
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको १५% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । कामना सेवाले माघ १५ गतेदेखि ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि बैंकले फागुन २० गतेसम्म मात्र हकप्रद भर्न सकिने जनाए पनि त्यस अवधिमा सबै हकप्रद सेयर बिक्री नभएपछि १५ दिन समय थपिएको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कामना सेवाको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखाबाट हकप्रदमा आवेदन दिन पाइनेछ । यसैगरी, एनएमबि बैंकको उपत्यका भित्रका चाबहिल, कलंकी, तीनकुने, महाराजगञ्ज, लुभु, ठैब, पुलचोक, कुमारीपाटी र सूर्यविनायक शाखाबाट हकप्रद भर्न पाइनेछ । उपत्यका बाहिर भने बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, वीरगञ्ज, जनकपुर, चितवन र झापाबाट आवेदन दिन पाइनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कामना सेवाको चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्