×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको हकप्रद भर्ने म्याद थप, अब कहिले सम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवाको हकप्रद भर्ने म्याद थप, अब कहिले सम्म पाइन्छ भर्न ?

२० फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कामना सेवा विकास बैंकले १५% हकप्रद भर्ने म्याद थप गरेको छ । बैंकले १५ दिन समय थप्दै हकप्रद भर्ने म्याद चैत ५ गतेसम्म पुर्याएको हो । यसअघि बैंकले माघ १५ गतेदेखि आइतबार (फागुन २० गते) सम्मको समयसिमा निर्धाण गरेर १०ः१.५ अनुपातमा ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस अवधिमा सबै हकप्रद सेयर बिक्री नभएपछि बैंकले समय थपेको हो । अब समय बढाइएकाले लगानीकर्ताले चैत ५ गतेसम्म हकप्रद भर्न सक्नेछन् ।
यसमा माघ २ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कामना सेवाको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन पाइनेछ । यसैगरी, एनएमबि बैंकको उपत्यका भित्रका चाबहिल, कलंकी, तीनकुने, महाराजगञ्ज, लुभु, ठैब, पुलचोक, कुमारीपाटी र सूर्यविनायक शाखाबाट हकप्रद भर्न पाइनेछ । यता, उपत्यका बाहिर भने बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, वीरगञ्ज, जनकपुर, चितवन र झापाबाट आवेदन दिन पाइने व्यवस्था छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी