
काठमाडौं – एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो ।
संस्थापक महासचिव पुष्पलालको अगुवाइमा २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनाकै दिन दुई फरक–फरक धारको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत भएको घोषणा गर्दा सकारात्मक सन्देश सम्प्रेषित हुने नेताहरूको बुझाइ छ । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरूले यो निष्कर्ष निकालेका हुन् ।
९ वैशाखमा घोषणा गर्न छलफल
‘२२ अप्रिल अर्थात् आगामी ९ वैशाखमै एकता घोषणा गर्दा उपयुक्त हुन्छ भन्ने कार्यदलमा छलफल भएको हो,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने, ‘हाम्रो प्रस्ताव पार्टी एकता संयोजन समितिमा प्रस्तुत हुने भएकाले त्यसपछि नै औपचारिक निर्णय हुन सक्छ, तर अहिल्यै त्यही मिति हो भन्न सकिँदैन ।’ एकता घोषणासभा बृहत् तयारीका साथ सम्पन्न गर्ने दुवै दलको तयारी छ ।
कार्यदल संयोजकले ओली र प्रचण्डलाई मिति प्रस्ताव गर्दै
बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ ।
कार्यदलका संयोजक रामबहादुर थापा बादल र एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् ।
यद्यपी ज्योतिषहरुसँग कुराकानी गर्दा उक्त समय कुसाइत परेको र राम्रो नहुने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्