
काठमाडौँ – प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताए ।
बिहिबार दिल्लीमा नेपाली सञ्चारकर्मीसँग भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीले चैत २३ देखि भारतको तीन दिने भ्रमण गर्न लागेको बताएका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे आफुले पनि सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै शनिबार बीबीसीसँगको कुराकानीमा कुटनीतिक रुपमा असन्तुष्टी पोखेका छन् ।
उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौं, नेपाली पक्षले पनि त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन ।’
परराष्ट्र मन्त्री ज्ञवालीले दिल्लीले चाहेको मिति, २३ चैतबाट प्रधानमन्त्री ओलीले भारत भ्रमण नगर्ने संकेत गर्दै बरु पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा आमन्त्रण गरिएको बताए ।
‘हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौं । तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयको रुपमा हेरिनुहुन्न’, ज्ञवालीले भने ।
भारतले एकपक्षीय रुपमा भ्रमणको मिति तय गरेर नेपाललाई भ्रमणका लागि दबाब दिन खोजेको देखिन्छ ।
‘अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, हामी तयारी त गरिरहेका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसरी एकपक्षीय ढंगबाट भारतले मिति सार्वजनिक गरेर नेपाललाई दबाब दिन खोजे जस्तो देखिन्छ ।’
‘भारतले सार्वजनिक गरेको मितिमा प्रधानमन्त्री त्यता नगए दुई देशबीचको सम्बन्ध बिग्रिएको हो की भन्ने देखिन्छ, त्यही दबाब दिनकै लागि भारतले यस्तो गरेको हुन सक्छ,’ ती अधिकारीले भने ।
काठमाडौँसँग समझदारी नै नगरी दिल्लीले ओलीको भारत भ्रमणको मिति सार्वजनिक गर्न हतारिनुको कारण ओली पहिला चीन भ्रमणमा नजाउन भन्ने रहेको कुटनीतिक क्षेत्रमा विश्लेषण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्