
काठमाडौँ – राष्ट्रपतिको उम्मेदवार चयन गर्न बोलाइएको एमाले स्थायी समिति बैठकमा अधिकांश नेताहरुले विद्या भण्डारीको विरुद्धमा बोलेका छन् ।
मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपाल विद्याकै पक्षमा देखिएका थिए । उनले पार्टीभित्र आफू गुटबन्दीको चर्को मारमा परेको भन्दै गुनासोसमेत पोखे । एमाले युवा नेता योगेश भट्टराईले राष्ट्रपतिमा पुरानालाई स्थान दिन नहुने भन्दै आक्रोश पोखे ।
ओलीविरुद्ध खनिएका भट्टराईले भने, ‘पार्टी कसरी लाउनुहुन्छ ? कार्यकारी प्रमुख भइसकेको व्यक्ति राष्ट्रपति हुन नहुने हो भने हिजो गिरिजाप्रसादलाई किन बनाउन खोजियो ? सुशील कोइरालालाई राष्ट्रपतिको अफर गर्ने तपाई कमरेड केपी ओली कामरेड नै होइन ? अहिले पार्टी एकता गरिरहँदा प्रचण्ड राष्ट्रपति हुन तयार भएको भए हामी मान्थ्यौं कि मान्दैनथ्यौं ?’
प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले भण्डारीको पक्षमा बोल्दै भने, ‘विद्याजीले २ वर्षमात्र संक्रमणकालमा काम गर्नुभयो । उमेर भर्खर ५४–५५ वर्ष छ । अहिले नै विदा गर्दा अन्याय पनि हुन्छ । एक कार्यकाल पूरा गर्न दिउँ ।’
पोखरेलको जवाफमा योगेशले भने, ‘उमेरको कुरा गर्ने हो भने, उहाँ ५ वर्षपछि ६० वर्ष हुनुहुन्छ । सक्रिय राजनीतिमा फर्किने भनेर उहाँको सचिवालयलाई हबाला दिँदै समाचार आएको छ, फेरि पनि उहाँ दुई कार्यकाल राष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किन समय छँदैछ ।’
त्यस्तै आफूलाई मुख्यमन्त्री नबाएको झोंक हिजोको बैठकमा ओलीसँग राम्रैसँग पोखेकी थिइन् । उनले महिला भए पनि कसैलाई काख कसैलाई पाखा गरिएको आरोप अोलीमाथि लगाइन् । उनले भनिन्, ‘ एकजना महिलालाई राष्ट्रपति दोहोर्यााउने कुरा गर्दा पार्टीमा सबैभन्दा त्याग र इतिहास बोकेको अर्को महिलालाई लात्तले हानेर भित्तामा पुराउने कति न्यायोचित हो रु’ बैठकमा अष्टलक्ष्मीले प्रश्न गरिन्, ‘मैले राष्टपति, प्रधानमन्त्री दावी गरेकी थिइनँ, एउटा मुख्यमन्त्री बन्छु भन्दा मलाई लात हानियो । मेराविरुद्ध शीतलनिवासबाट विद्रोह गराइयो, गुटबन्दी गरेर शीतलनिवासबाटै उम्मेदवार खडा गरेर चलखेल गरियो । यो पार्टीमा कसैको आँशु कसैको हाँसो भयो ।’
त्यस्तै बैठकमा वामदेव गौतम भने मौन देखिएका थिए । उनले कसैको पक्ष र विपक्षमा बोलेनन् ।
विद्यालाई दोहोर्याउने कुरा पहिल्यै बुझेका झलनाथ पनि अोलीमाथि खनिए । उनले पार्टीले गर्ने निर्णयहरु संस्थागतरुपमा हुनुपर्नेमा अध्यक्षले एकलौटी गरिरहेको आशय व्यक्त गरे ।
सबैको कुरा सनिरहेका ओलीले चंख्याइ टिपी हाले उनले यहाँ सबै आफूमाथि खनिएको मेसो पाएपछि मेही नरम हुने नीति लिए र झलनाथलाई पनि कुल माइन्डमा सम्झाउँदै भने, हामी इलेभेन्थ आवरमा छौं, अबदेखि सबैकामहरु सररल्लाह गरेर गर्छु, सबैलाई साथैमा लिएर अघि बढ्छु ।’ ओलीले यति भन्दानभन्दै झलनाथले ओलीको सर्पोट लिए ।
उनले भने, ‘ठीकै छ, उसोभए अध्यक्षज्यु अगाडि बढ्नोस्, मैले आफ्नो दाबी फिर्ता लिएँ ।’ खनालले यत्ति भनेपनि अन्य केही नेताहरुले भने असन्तुष्टी जनाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्