
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाने भएको छ । उनी आफैले भारत भ्रमणमा जान लगेको बारे बताएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन् । उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने खुलाएनन् ।
पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने- ‘छिमेकीसँग मित्रताबाहेक अर्को उद्देश्य छैन । म कमिटेड छु । चीनसँगको मित्रता अत्यन्त सुदृढ गर्नुछ। भारतसँगको मित्रता अत्यन्त सुदृढ गर्नुछ। म भारत जाँदैछु’,उनले भने, ‘कतिपय मान्छेहरुलाई लाग्दो हो भारत र केपी ओली भनेको यस्तो चिज हो कि…अचम्म मान्दा हुन् मान्छेले तर त्यस्तो हुँदैन । यो दुई देशबीचको कुरा हो ।’
भारतसँगको मतभेद स्मरणा गर्दै उनले संविधान जारी गर्ने मामिला भारतले स्वीकार्न नसक्दा असहज स्थिति बनेको उनले बताए । अहिले ती कुराहरुलाई भारतले स्वीकारिसकेको प्रधानमन्त्रीको दाबी थियो ।
‘जहाँ उसलाई स्वीकार्न अप्ठ्यारो भएको थियो खस्रो त त्यहाँ न हो । मतेभद त्यहाँ न हो । हामी संविधान जारी गर्न खोज्ने उनीहरु नगराउन खोज्ने, हामी संविधान बनाउन खोज्ने उनीहरु नबनाउन खोज्ने, त्यसमा मतभेद भएको थियो’, ओलीले भने, ‘अब संविधान आइसक्यो । संविधानअनुसार चुनाब भइसक्यो । अब यो लफडा त गर्नुछैन । अब यसमा मिलेर जाने भनेपछि कुरै सकियो ।’
ओलीलाई भारत भ्रमणको निम्तो दिने सुष्म स्वराज नेपाल आएकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्