Skip to content
LAXMI SUNRISE BANK

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको छैटौ परिषदको उद्घाटन

अर्थ सरोकार

कृषि विकास बैंक लि.को केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. को छैटौँ परिषदको समुदघाटन गरिएको छ । पूर्व अर्थ मन्त्री, नेपाली कांग्रेशका नेता तथा उल्लेखित कार्यक्रमका प्रमुख अतिथी डा.रामशरण महत्तले उक्त परिषद्को उद्घाटन गरे ।
कार्यक्रमका विशिष्ट अतिथी तथा नेपाली कांग्ेसका यूवा नेता गगन थापा, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला लगायत विभिन्न ट्«ेड यूनियनका प्रतिनिधीले समेत कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरे । 
कार्यक्रमको अध्यक्षता नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.का केन्द्रिय अध्यक्षसरोज महत्तले गरेका थिए भने कार्यक्रमको संचालन उक्त कर्मचारी यूनियनका महासचिवसुजित विक्रम शाहले गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK