×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामुख कृष्णबहादुर महरा निश्चित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सभामुख कृष्णबहादुर महरा निश्चित

Artha Sarokar

२५ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । अाफ्नो भागमा परेको सभामुखबारे निर्णय गर्न शुक्रबार बिहान बसेको कार्यालय बैठकले सो निर्णय गरेकोहो ।
सभामुख बन्‍ने अपेक्षा ओनसरी घर्तीले पनि राखेकी थिइन‍् । त्यसको लागि नेता वर्षमान पुनले निकै लविङ गर्दै अाएका थिए । उनी मन्‍त्रीको लिष्टमा पनि भएको कारण विगतमा जस्तो पुनको लविङले काम गरेन ।
पहिला प्रतिनिधि सभाको सभामुख माकेलाई दिने सहमति गरेको नेकपा एमालेले पनि सभामुख पार्टीले नै राख्ने र नेता सुवासचन्द्र नेम्वाङलाई अगाडि सार्ने तयारी लविङ पनि गरेको थियो । एमालेले माकेलाई राष्ट्रिय सभा अध्यक्ष दिने बताएपनि माकेले मानेको थिएन ।
अब माके नेता महरा सभामुख बन्‍ने पक्का भएको छ । दुबै पार्टीका साँझा उम्मेदवार भएका कारण जित्‍ने निश्चित छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी