×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकर्स संघको आडमा कुमारी बैंक र सिभिल बैंकले ब्याजदरमा यसरी ठगे जनतालाई, नियामक राष्ट्र बैंक रमिते !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बैंकर्स संघको रबैया पछिल्लो समय राम्रैसँग छचल्किएको छ । वाफिया विपरित अध्यक्षको व्यक्तिगत रिसइवीका कारण एनआइसी एसिया बैंकविरुद्ध लागेको संघले केहि बैंकहरुलाई आड दिएकै कारण ती बैंकहरुले खुलेआम जनता ठग्न थालेको खुलासा भएको छ । यसैक्रममा सिभिल बैंक र कुमारी बैंकले संघको सल्लाहमै जनतालाई ब्याजदरमा ठाडो ठगी गरेको पाइएको छ ।
कुमारी र सिभिल बैंकले ब्याजदरमा यसरी ठग्यो जनतालाई !
केहि समयअघि कुमारी बैंकले व्यक्तिगत निक्षेपकर्तालाई ‘नागरिक बचत खाता’को नाम गर्दै साढे ९ प्रतिशत व्याजदर दिने भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन छाप्यो । सोहि स्किम अनुसार उसले झन्डै ११ करोड निक्षेप संकलन गर्यो । यो काम उसले बैंकर्स संघका पदाधिकारीलाई सोधेरै गरेको बुझिएको छ । तर सल्लाहमै त्यसको ३ सातापछि उक्त ब्याजदर ८ प्रतिशतमा झारियो । साँढे ९ प्रतिसहत ब्याजको लोभमा परेका जनता ‘हिस्स’ भए । बैंकले सरासर जनता ठग्यो । तर कोहि बोल्न सकेनन् ।
यस्तै सिभिल बैंकले पनि गर्यो । हुन त सिभिल बैंकले जनता ठग्ने कुरा भने विहान हामीले दालभात खाएजस्तै हो । पछिल्लो समय ठग बैंकका रुपमा चर्चा पाएको सिभिलले यस्तो खुरापाती नजान्ने कुरै भएन । सगरमाथा निक्षेप योजना नाम दिएर सिभिल बैंकले १० प्रतिशत ब्याज दिनेगरी स्किम ल्यायो । केही दिनमानै करिब २० करोड रुपैयाँ उठाएको सिभिलले केहि दिनमै ब्याजदर घटायो । हुन त यो बैंकले थुप्रै ठगी गरिरहेको छ र यो बैंकले सधैंजसो आफ्ना ग्राहकलाई ठग्छ भन्ने जान्दाजान्दै पनि सिभिलको पछी लाग्ने ग्राहक पनि ‘वेवकुफ’ नै हुन् । तर त्यसमा कतिपय सोझा नागरिक पनि थिए । जसलाई सिभिल बैंकले ब्याजदरमा हाकाहाकी ठग्यो तर कोहि बोल्न सकेनन् / मानेनन् ।
बढाउन पनि बैंकर्स संघको सलाह, दवाव पनि संघकै !
अझ खास कुरा त के छ भने यसरी जनता ठग्ने सिभिल बैंक र कुमारी बैंकलाई बैंकर्स संघले नै आड दिइरहेको छ । सुरुमा बढाउँछु भन्दा हुन्छ भन्ने र बढाएको केहि दिनमै संघले घटाउन दवाव दिने गरेका कारण सय्योंको संख्यामा निक्षेपकर्ताहरु ठगिएका छन् । यसरी ठगिनेमा बढी व्याजदरको लोभ गरेर पैसा राख्न नयाँ खाता खोल्नेहरु परेका छन् । कतिपयले बढी ब्याजदरको लोभमा आफ्नो पैसा अर्को बैंकबाट झिकेर यी दुइ बैंकमा राखेका थिए । त्यस्ता ग्राहकहरु पनि ठगीएका छन् । कतिपय ग्राहकहरुले ब्याजदर घट्ने बित्तिकै डिपोजिट अर्को बैंकमा लागेका छन् भने कतिपय ग्राहकले यसबारे पत्तो पनि पाएका छैनन् । यी बैंकले अहिले घटाउने र केहि समयमै बढाउने गरी मनपरी गरेकै कारण अहिले एनआइसी एसियाजस्ता बढी ब्याजदिन आतुर बैंकहरुलाई अफ्ट्यारो परेको विश्लेषण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: