
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले मुलुकभर घोषित–अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको स्पष्ट गरेको छ । अहिले काठमाडौँ उपत्यकालगायत देशभर गर्नुपर्ने अवस्था समेत नरहेको प्राधिकरणको प्रष्टोक्ति छ ।
औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,’प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’
सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए ।
प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।
‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्नेर् लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्छ’ घिसिङले भने,’यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न मन्त्रीज्यूबाट पनि निर्देशन भइसकेको छ, सोहीअनुसार काम गरिरहेका छौं ।’
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले केही दिन अघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्यालाई छिट्टो र छरितोरुपमा समाधान गरी विद्युत आपूर्ति नियमित गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सर्फमरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए ।
‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्नु भएको हुन सक्छ’, उनले भने,’मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्