
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको महालक्ष्मी बिकास बैंक लिमिटेडले यसपटक खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औँ एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल महेश्वर महर्जनलाई सम्मान गरेको छ ।
खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले महर्जनलाई धनराशीसहितको सम्मान प्रदान गरेको बैंकले जनाएको छ । बैंकले विहीबार (चैत्र ७ गते) एक समारोहका बीच महर्जनलाई सम्मानस्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्