
काठमाडौँ – मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने भएका छन् ।
प्रदेश नं.६ गरिबी र आर्थिक अभावकावीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताएका थिए ।
देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक बिकासमा टेवा पुुर्याउने भन्दै कर्णाली प्रदेशलाई स्वायत प्रदेश केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताए ।
प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताए ।
उनले ठालू भएर अरुलाई काम लगाउने प्रबृतिको अन्त्य गर्दै युवा दस्तालाई श्रम तर्फ अकार्षण गर्ने गरी रोजगारीको श्रृजना गर्दै बिकासका लागि युवा दस्ता निमार्ण गर्न थालेको बताए ।
उनले सामाजिक सञ्जालले बिकासका गतिबिधि भन्दा पनि बिकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगकर्तालाई नियन्त्रण गर्ने पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्