
काठमाडौँ – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय नेता लक्ष्मण गुरुङसहितको एक टोली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको कार्यालय पेरिसडाडामा भएको एक कार्यक्रममा लक्ष्मण गुरुङसहित २ दर्जन नेता कार्यकर्तालाई पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराएका हुन् । उनीहरुले यहि चैत १ गते माओवादी केन्द्रमा फर्कने निर्णय गरेका हुन् ।
स्थानीय निर्वाचनमा धार्चे गाउँपालिका अध्यक्ष उम्मेद्धार बनेका गुरुङको नेतृत्वमा माओवादीमा प्रवेश गर्नेहरुमा धार्चे वडा नं ३ का वडाअध्यक्ष ईन्द्र प्रसाद गुरुङ र प्रदेशसभा निर्वाचनमा समानुपातिक संसदका उम्मेदवारसमेत रहेका मीन बहादुर सुनार लगाएत छन् ।
प्रवेश गर्नेहरुमा आरुघाट धार्चे चुमनुव्री तीनवटै गाउपालिकाका नयाँ शक्ति पार्टीका सबै वडाका वडा संयोजकहरु रहेका छन् । गुरुङसहित अन्य पार्टी प्रवेश गर्नेहरुमा मिन बहादुर सुनार, इन्द्र गुरुङ, दलबिर गुरुङ, सोम थापा मगर, नितेश गुरुङ, धन बहादुर सुनार, अर्जुन गुरुङलगायत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्