×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सको हकप्रद बिक्री खुला, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मञ्जुश्री फाइनान्सको हकप्रद बिक्री खुला, सेयर भर्न कहाँ जाने ?

८ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मञ्जुश्री फाइनान्सको ५% हकप्रद सेयर बिहिबारदेखि बिक्री खुला भएको छ । यो फाइनान्सले १००ः५ अनुपातमा ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद भर्ने अन्तिम म्याद भने वैशाख १२ गते तोकिएको छ । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ९५० रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं र यसका शाखा कार्यालयहरुबाट सेयर भर्न पाइनेछ । यसैगरी, मञ्जुश्री फाइनान्सको नयाँ बानेश्वर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आस्वा प्रणालीमा सहभागी विभिन्न बैंक तथा वित्तिय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी