
घोराही – दाङमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाली काँग्रेसका झण्डै ९ दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र र काँग्रेस परित्याग गरेका उनीहरु नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीमा प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्र निकटका १ सय ८ जना युवा र नेपाली कांग्रेस निकट १ जना कार्यकर्तागरी १ सय ९ जनाले संयुक्त बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा समेत गरेका छन्।
नेकपा प्रवेश गर्नेहरुमा रामु भुसाल जिल्ला सदस्य युवा, कुमार विसी नेका सदस्य, प्रकाश वर्मा , विजय भुसाल, सुसिला भुसाल, सुनिल नेपाली, विमल परियार,टार्जन गिरी, धिरज वि.क., मोहन गुप्ता, सुमन वर्मा, हेमराज पुन, कुवेर सुवदी, विसाल अधिकारी, नरेस अधिकारी, कमल गिरी, विक्रम पुन, नरेह गौतम, गणेश गौतम, गणेश पौडेल रहेका छन् ।
यसै गरी अर्जुन मगर, चक्र भण्डारी, मिलन दहित, दिपक नेपाली, सन्तोस नेपाली, विक्रम नेपाली, तारा नेपाली, जिवन नेपाली, चुरे भट्टराई, भुवन खड्का, कमल नेपाली, विश्वास नेपाली, तारा नेपाली, एकराज नेपाली, पुर्ण नेपाली, सुरज नेपाली, विकास नेपाली , मनोज नेपाली, अनिल नेपाली पनि नेकपा प्रवेश गरेका छन् ।
यस्तै चेतलाल वि.क., विनोद परियार, सेवक थापा, प्रकाश विक., ठाकुरर कुमाल, खिम बहादुर आले, ओपे कुवर, डिल्ली पाण्डे, खेम केसी, लोक बहादुर विक, पिक विक, राजु डिसी, पवन रोका, ज्ञानु घर्ति, विजय योगी, लालमणि चौधरी लगाएका युवाहरु नेपाल कम्यनिष्ट पार्टीमा प्रवेश गरेका हुन ।
माओवादी केन्द्रले जनयुद्धको मूल्य मान्यतालाई लत्याउँदै पुरानै संसदीय व्यवस्थालाई पुनः स्थापना गरेको तथा नेपाली जनतालई ढाट्ने र भारतीय विस्तावाद र अमेरिकी साम्राज्यवादको अगाडि नाङगो दलाली गरेको भन्दै पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनीहरुले नेपाल पत्रकार महासंघ दाङको घोराही स्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले आजकै दिनदेखि आफुहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जानकारी गराएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका युवा कार्यकर्ताहरुलाई नेकपा दाङ जिल्लाका पार्टी कार्यालय सदस्य ज्वाला खतिवाडाले स्वगत गरेका छन्। स्वागत मन्तब्य राख्दै खतिवडाले नेपालको बाँकी क्रान्तिका कार्यभारलाई पुरा गर्न सम्पूर्ण क्रान्तिकारीहरुलाई नेकपामा धुर्बिकृत हुन आव्हान समेत गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्