
काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट शुक्रबार ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती पाएको पोखरा लेखनाथमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१ औ संचालक समितिको बैठकले श्री मेघराज गजुरेललाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको छ । स्वतन्त्र संचालकका रुपमा नियुक्त भएका गजुरेलले विभिन्न किसिमका बैंक तथा वित्तीय संस्थामा ३८ वर्ष भन्दा बढी लामो अनुभव हासिल गर्नुभएको छ ।
गजुरेलले बैंक अफ सिलोनमा (हालको एनसिसि बैंक) २ वर्ष , कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गर्नुभएको थियो भने Saving Banks Foundation for International Cooperation (SBFIC- A German Organization in Nepal) र नेपालमा लघुवित्त कार्यक्रम गर्ने ठुलो सहकारी मध्येको एक सहारा बचत तथा ऋण सहकारी संस्था (साकोस) झापाको कन्सलट्यान्टको रुपमा पनि काम गर्नुभएको कुरा प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी गराउनुभयो ।
हाल उँहा विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आउनु भएको छ । गजुरेल जस्तो अनुभवी व्यक्तिलाई स्वतन्त्र संचालकको रुपमा पाउनु एकदमै खुशीको कुरा रहेको र वित्तीय संस्थाले उहाँको अनुभवलाई भरपुर प्रयोग गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी गराउनु भयो ।
५.६० करोड चुक्ता पूँजी राखी १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालनमा ल्याएकोे छ । वित्तीय संस्थाले निकट भविष्यमा २ करोड ४० लाखको सार्वजनीक निष्कासन गर्ने तयारी गर्दैछ । सार्वजनीक निष्काशन पश्चता वित्तीय संस्थाको चुक्ता पुँजी ८ करोड पुग्नेछ ।
जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक तथा विभिन्न ७५ जना व्यवसायिक तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको स्पर्स लघुवित्त वित्तीय संस्थाले हालसम्म १५ वटा शाखा मार्फत करिब ५,५०० सदस्यहरुलाई २० करोड लगानी गरी करिब २.५ करोड बचत संकलन गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्