Skip to content
LAXMI SUNRISE BANK

एमालेबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक, को-को बन्दै मन्त्री ?

अर्थ सरोकार

काठमाडौं – प्रमुख सत्तारुढ दल एमालेबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न अध्यक्ष केपी ओलीलाई धौधौ भएको छ । आकांक्षी धेरै भएपछि अाेलीले नेताहरूको नामका बारेमा अन्तिम टुंगो लगाउन सकेका छैनन ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले युवा नेताहरूलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेको एमाले उच्च स्रोतले बतायाे । एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा. युवराज खतिवडा सरकारमा सहभागी भइसकेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तारका लागि बिहीबार दिनभरि परामर्श गरेका थिए ।
त्यस्तै प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल लगायतका नेताहरू मन्त्री बन्ने सम्भावना रहेको छ भने योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनी रानाथारु, पद्मा अर्याल, शान्ता चौधरीको नाम पनि मन्त्री बन्ने सूचीको चर्चामा छ ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको संख्या थप र पुनः गठनको तयारी गरेका छन् । यस विषयमा मन्त्रिपरषद्को बिहीबारको बैठकमा छलफल समेत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् ।
विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो। संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK