
काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीबाट मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । पार्टीका शीर्ष नेताहरुको परामर्शमा प्रचण्डले पार्टीका तर्फबाट पाँच जना नेताको नाम टुंगो लगाएका हुन् ।
मन्त्री हुनेमा बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर रहेका छन् । बिना प्रचण्डकी बुहारी हुन् । उनी बाहेक सबै यसअघि नै मन्त्री भइसकेका छन् ।
देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेल, प्रभु शाह जस्ता प्रभावशाली नेताहरु मन्त्रीको दौडबाट आउट भएका छन् । माओवादीबाट यसअघि नै रामबहादुर थापा र मात्रिका यादव मन्त्री भइसकेका छन् ।
माओवादीबाट मन्त्री बन्नेको सूची प्रचण्डले शुक्रबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदैछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्