
मुक्तिनाथ विकास बैंक लि.को तुलसीपुर उप–महानगरपालिका ५ “ग” लाइनमा रहेको तुलसीपुर शाखाको मिति २०७४ चैत्र १४ गते दाङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र के.सी. ले समुद्घाटन गरेका छन् ।
शाखा उद्घाटन कार्यक्रममा बैंकका कम्पनी सचिव डण्डपानी ढकालले स्वागत मन्तव्य तथा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको मन्तव्य राखेका थिए । कार्यक्रममा तुलसीपुर उप.म.न.पा. की उप–मेयर माया शर्मा अचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालीसे, रेडियो तुलसीपुर तथा न्युज २४ टेलिभिजनका समाचार सम्पादकसुशिल बस्नेत, समाजसेवी शेशुराम भण्डारी तथा प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष जनक खराल लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रमका प्रमुख अतिथि हिराचन्द्र के.सी.ले यस क्षेत्रमा वित्तीय संस्थाहरु बीच प्रतिस्पर्धा धेरै भएतापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । साथै अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धिको भएको हुनाले मुक्तिनाथ विकास बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरे ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै वक्ताहरुले दिएको शुभकामना र सुझाव बमोजिम उत्कृष्ट सेवा प्रदान गर्न सँधै प्रतिबद्ध रहने बताए । हाल बैंकले अबलम्बन गरेको मोडेल हाम्रो देशको आवश्यकता रहेकोले सोही बमोजिम यस विकास बैंकले योगदान दिने र सोमा सबैको सहयोग र साथ दिन अनुरोध समेत गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्