Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । आइतबार (फागुन २७ गते) नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले गरे । 
उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको पृष्ठभूमि तथा बैंकले अबलम्बन गर्दै आईरहेको बर्तमान अवस्था माथि प्रकाश पार्दै भावी योजनाको बारेमा जानकारी गराएका थिए । 
कार्यक्रममा समुद्घाटन मन्तव्य भक्तपूर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने विश्वास लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सत्यन्द्र प्यारा श्रेष्ठले मुक्तिनाथ विकास बैंको जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ भन्ने नाराले नै बैंकको प्रगतिको आधार भएको बारेमा चर्चा गरे । उनले बर्तमान समयमा बैंक तथा बित्तीय संस्थाले भोग्दै आएको तरलताको समस्याले गर्दा बैंक बैंकहरुबीचमा ब्याजदरको प्रतिस्पर्धा बढ्न गएको प्रति दुखेसो पोख्दै तरलता अभावको समस्या लामो समयसम्म नरहने हुँदा यस अल्पकालिन अभावको समस्यालाई बैंकहरु एक आपसमा मिलि अन्त्य गर्नु पर्नेमा जोड दिए ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै बैंकको सेवा सुविधाले त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK