
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैशाख ७ गते नागरिक लगानी कोषको २२ औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजानेछ भने त्यसका साथ कर तिर्न १.१५% नगद लाभांश दिने एप्रस्ताव पेस गर्ने भएका छन् । नागरिक लगानी कोषले बोनसमा १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ र नगद लाभांश बापत ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च गर्नेछ ।
साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिनेछ । साधारण सभा गर्न कोषले चैत २२ देखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्नेछ । चैत २१ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । हाल नागरिक लगानी कोषको सेयर पुँजी ७४ करोड ३ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्